अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन् ःमन्त्री पौडेल
२०८२ भाद्र १८ बुधवार
- बुधबार काठमाडौंमा आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेको विषयहरु पनि पूर्ण नभएकाले राहत महशुस हुने ढंगबाट सम्बोधन नभएको स्वीकार गर्दै यसमा नीतिगत पक्षबाट काम गर्नुपर्ने बताए ।
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेको विषयहरु पनि पूर्ण नभएकाले राहत महशुस हुने ढंगबाट सम्बोधन नभएको स्वीकार गर्दै यसमा नीतिगत पक्षबाट काम गर्नुपर्ने बताए ।
उनले भने,‘ हाम्रो यो अपाङ्गता ऐनले सबै कुरालाई समेट्न सकेको छैन् म त्यसलाई स्वीकार गर्छु । समेटेर केही हदसम्म सम्बोधन गरेको कुराहरु पनि पूर्ण छैनन् । एकदमै राहत महशुस हुने ढंगबाट सम्बोधन भएको छैन्, त्यो कुरा पनि स्वीकार गर्छु । यसमा हामीले नीतिगत पक्षबाट काम गर्नुपर्ने हुन्छ ।’
त्यस्तै उनले आपाङ्गता सम्बन्धी ऐनमा उल्लेख भएका बाहेक अन्य नयाँ – नयाँ समस्याहरु पनि देखिएको बताउँदै तीनिहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘नेपालमा जतिपनि आपाङ्गता सम्बन्धी विषयहरु जतिपनि छन् ,त्यो ऐनमा उल्लेख भएका बाहेक अन्य समस्याहरु पनि छन् । नयाँ – नयाँ समस्याहरु देखिएको छ । तीनिहरुलाई कहिँपनि साहारा नपाएको जस्तो ,कसैले नहेरेको जस्तो भइरहेको छ । त्यसैले यो नयाँ–नयाँ समस्याहरु जुन छन् ,यी सबैलाई सम्बोधन गर्न जरुरी छ ।’
त्यस्तै मन्त्री पौडेलले काठमाडौंको बुढालिकण्ठ वडा नं ४ मा अटिजम स्कूल भवन बन्ने प्रकृया सुरु भएको जानकारी गराए । सातै प्रदेशमा कम्तिमा एउटा अटिजम स्कूल प्रारम्भिक चरणमा आवश्यक रहेको बताउँदै उनले यसलाई दिर्घकालिन प्रोजेक्टको रुपमा अगाडि बढाउने घोषणा समेत गरे ।
उनले भने,‘यो पटकको बजेट मार्फत काठमाडौंको बुढालिकण्ठ वडा नं ४ मा भवन बन्ने प्रकृया सुरु भएको छ । त्यसको डिपिआर पनि हामीलाई उपलब्ध भएको छ । हामीले तीन करोड रुपैयाँ राखेको छौं । हामीले रफ्तारमा काम गरेर काठमाडौंमा अटिजम स्कूल बनाएर नै छाड्ने छौं । यो सातै प्रदेशमा कम्तिमा एउटा स्कूल प्रारम्भिक चरणमा आवश्यक छ । यसलाई दिर्घकालिन प्रोजेक्टको रुपमा अगाडि बढाउँछौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।