महिलाहरुले देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन् : शाक्य
२०८२ भाद्र १७ मङ्गलवार
- मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन् ।
काठमाडौं : नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिङगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् ।
मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘दुःख र संघर्ष गरेर एउटा महिला सक्षम र सफल भएर वा जनप्रतिनिधिका रुपमा काम गर्न कति गार्हो छ भन्ने हामीले भोगेका छौं । अस्तव्यस्त जीवन एकातिर, बच्चाहरु र परिवारको माया एकातिर राखेर निर्वाचित जनप्रतिनिधिको हैसियतले निस्वार्थ भावले खटिराख्दा आशावादी पनि हुन सकिन्छ । त्यसैले महिला नेतृत्वले नै सिङगो देशको परिवर्तन गर्न सक्छन् र नेतृत्व गर्न सक्छन् भन्ने भावना जागेको छ ।’
उनले शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिको लागि १३१ जनाले फाराम भरेकोमा गहिरो अध्ययन गरी धैर्यता राखेर अत्यन्तै समय निकालेर मूल्याङक गरिएको पनि बताइन् ।
उनले यि ३१ प्रेरणादायी महिला जनप्रतिनिधिहरु निष्पक्ष न्याय दिनुका साथै शिक्षा, स्वास्थ्यको सवालमा पनि राम्रो योजना रहेको बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।