बैंक नोट वाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी
२०८२ भाद्र १५ आइतवार
- सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।
काठमाडौं : सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।
आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अवदेखी बैंक नोट वाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डहरुदेखि लिएर हाम्रो लालपूर्जादेखि लिएर सिटिजनसिप,राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरांै । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौ । यो बर्षदेखि बन्द गरेका छौ, गएको बर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन वेलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो ।’
उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामाग्री केन्द्रलाई छाप्न दिएको बताए ।
‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनकशिक्षा सामाग्री मार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका छौ । हाम्रो कर्मचारीको व्यवस्थापन हुन अव एक हप्ता लाग्छ यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु,’ उनले भने ।
बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खदिर गर्नुपर्ने बताए । उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्टहरु छाप्नुपर्ने बताए ।
‘परराष्ट्रमन्त्रालयले ६४ लाख पासवर्ड छाप्नुपर्ने भन्यो । त्यो हामीलाई ६ महिला अगाडि नै जानकारी गराउनुपर्छ । हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुरक्षण मुद्रण केन्द्रसँग जोडिएका डकुमेन्टहरु छाप्नको लागि सुरक्षण मुद्रण ऐन अनुसार सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।