लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस्: सांसद खतिवडा
२०८२ भाद्र ०६ शुक्रवार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापारिक मार्ग खोल्ने सहमति विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै उक्त विवादलाई छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।
उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा चीन र भारत दुवैको भ्रमणमा जान लागेका सन्दर्भमा त्यस भ्रमणको सदुपयोग गर्दै नेपालको धारणा स्पष्ट रूपमा राख्न र समाधान खोज्न अनुरोध गरे ।
‘प्रधानमन्त्रीज्यू चीनको भ्रमण गर्दै हुनुहुन्छ र त्यसपछि भारतको पनि भ्रमण हुँदैछ । भ्रमणको अवसरमा सरकार प्रमुखको हैसियतमा उहाँले दुवै देशका सरकार प्रमुखहरूसँग नेपालको स्पष्ट स्ट्यान राखेर गम्भीरतापूर्वक कुरा गर्न र यो समस्या समाधान होस् भन्ने माग गर्दछु,’ खतिवडाले भने ।
उनले यस्तो संवेदनशील विषयमा सम्पूर्ण नेपाली एक भएर राष्ट्रको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै पार्टी र जातभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने धारणा पनि व्यक्त गरे ।
‘यस्तो बेलामा हामी सम्पूर्ण नेपालीहरू कुनै पार्टीको, कुनै जातिको नभई सम्पूर्ण राष्ट्रको तर्फबाट आफ्नो स्वाभिमान र राष्ट्रिय एकताका लागि प्रस्तुत हुनुपर्छ,’उनले भने, ‘र यस्तो कुरामा सरकारलाई दृढतापूर्वक साथ दिनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।