देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई हुलाक टिकटमा प्रकाशन गरिने
२०८२ भाद्र ०३ मङ्गलवार
- मंगलबार काठमाडौंमा आयोजित भीम बहादुर पाँडेको तस्विर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यकममा उनले मन्त्रालय आएपछि आफैलाई गौरव लाग्ने कामहरु गर्न पाएको भन्दै देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी प्रकाशमा ल्याउने बताए ।
काठमाडौं :सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित भीम बहादुर पाँडेको तस्विर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यकममा उनले मन्त्रालय आएपछि आफैलाई गौरव लाग्ने कामहरु गर्न पाएको भन्दै देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी प्रकाशमा ल्याउने बताए ।
उनले भने, ‘यो मन्त्रालय आएपछि आफैलाई गौरव लाग्ने काम गर्न पाएको छु । त्यसकारण पनि सञ्चारमन्त्री भएको कुरामा गर्व गर्छु । भीम बहादुर पाँडे जस्ता व्यक्तिको तस्विर अंकित हुलाक टिकटमा टाँचा लगाउन पाउदा खुसी लागेको छ । उहाँहरु पनि देश र जनताको पक्षमा लाग्ने सपुतहरु हुन् । यस्तो व्यक्तिहरु त म खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्छु । कति त सत्तामा पहुँच नभएर पनि यस्तो कुरा बाहिर नआएको हुन्छ । म आएपछि लुकेकालाई पनि खोज्ने गरेको छु ।’
यस्तै, उनले लोप हुन लागेको वस्तु, ठाँउ संरक्षण गर्ने ठाँउ हुलाक भएको भन्दै आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्नको लागि पनि हुलाक टिकटहरुको महत्व रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।