संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने बाध्यता छ: सभापति देउवा
२०८२ भाद्र ०३ मङ्गलवार
- संविधानका कारण कुनै पार्टीको बहुमत नआउने भएकाले प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व.खड्ग बहादुर बस्यालको श्रद्धान्जली सभामा बोल्दै उनले समावेशी, समानुपातिक आधारको संविधानका कारण कुनै पार्टीको बहुमत नआउने भएकाले प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘अहिलेको जुन संविधान छ यो समावेशी समानुपातिक आधारको छ । कुनै पार्टीको बहुमत आउँदैन । त्यस्तो किसिमको अवस्था छ । सबै पार्टीसँग मिलेर हिड्नुपर्ने आवश्यकता छ । बाध्यता छ । त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिस्पर्धसँग मिलेर काम गर्नुपर्ने अवस्था छ ।’
त्यस्तै उनले समावेशी संविधान बनेको कारण महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार समेटिएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’