विद्या भण्डारीको दाबि- एमालेको सक्रिय तथा संगठित सदस्य हुँ

२०८२ भाद्र ०२ सोमवार
सारांश
  • विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे औपचारिक जानकारी नपाएको बताउदै आफु एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी हुन् ।

विराटनगर : विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी छन्।
 

विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे औपचारिक जानकारी नपाएको बताउदै आफु एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी हुन् ।
 

भण्डारीले भनिन्- 'म ४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ। हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएकी हुँ र आज पनि त्यहीँ छु।’ 
 

साथै भण्डारीले अहिले वाम एकताको सम्भावना कमजोर भएको समेत बताएकी थिइन् ।
 

विराटनगरमा पूर्वराष्ट्रपति भण्डारीलाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले विमानस्थलमा स्वागत गरेकी थिइन् । भण्डारी मोरङ सेवा समाजको निमन्त्रणामा विराटनगर आएकी हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार