प्रधानमन्त्री ओलीले मोदीसँग बोधगयामा भेट्ने, सेनाको विमानबाट भारत जादै
२०८२ भाद्र ०१ आइतवार
- नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमण बोधगयामा हुने भएको छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा यस पटक नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन् ।
नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ ।
ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा काठमाडौंबाट भारतको बोधगया जाने छन्। बोधगयामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने चाहन ।
ओलीको दुई दिने भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज काठमाडौँ आएका छन् । उनले आजै प्रधानमन्त्री ओलीसँग भेट गरेर भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’