नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने
२०८२ भाद्र ०१ आइतवार
- आमाको नाम लेख्न मन छैन भने बाबाको लेख्नुप¥यो, बाबाको लेख्न मन छैन भने आमाको लेख्नुपर्ने उनले बताए ।
काठमाडौं: विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले समाजमा देखिएका नयाँ चुनौतीका आधारमा कानुन परिमार्जन आवश्यक भएको धारणा राखे ।
लेखकले भने, ‘कानुन निर्माणको सिद्धान्त नै समाज समय सापेक्षरूपमा परिवर्तन हुने भएकाले त्यसअनुसार कानुनहरू निर्माण गर्नुपर्ने हो । हिजो नागरिकता सम्बन्धी जुन विषयहरू देखिएका थिएनन्, आज ती देखिएका छन् । भोलि थप विषयहरू देखा परेमा त्यसलाई सम्बोधन गर्नैपर्छ ।’
उनले नेपालको नागरिकताको मूल सिद्धान्त वंशको आधारमा नागरिकता प्रदान गर्ने भएको उल्लेख गर्दै भने, ‘आमा पनि वंश हो भन्ने प्रयत्न हामी गरिरहेका छौं । तर आमा र बाबामध्ये कसैको नाम नलेखी नागरिकता दिने भन्ने कुराले सही ठाउँमा पुर्याउँदैन ।’
लेखकले नागरिकताको आवेदनमा कम्तीमा एकजना आमा वा बाबाको विवरण अनिवार्य रूपमा उल्लेख हुनुपर्ने स्पष्ट पारे । आमाको नाम लेख्न मन छैन भने बाबाको लेख्नुप¥यो, बाबाको लेख्न मन छैन भने आमाको लेख्नुपर्ने उनले बताए ।
उनले भने, ‘आमाको लेख्न मन छैन भने बाबाको र बुवाको लेख्न मन छैन भने आमाको लेख्नुपर्यो । तर एउटा लेख्नैपर्छ । यसमा हामी कोही अलमलमा पर्नु हुन्न । दुईटै खाली राखेर नागरिकता बन्ने स्थिति हुँदैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।