सरकारले लोकतन्त्र विरोधी कानुन मात्र ल्याउन खोजेको छ : पम्फा भुसाल
२०८२ भाद्र ०१ आइतवार
- जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साँध्ने, जनविरोधी भूमि सम्बन्धी कानुन ल्याउनेलगायतका गतिविधिले गर्दा संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउनतर्फ सरकार उद्धत रहेको बताइन् ।
जनकपुर : नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन अहिलेको सरकार उद्धत रहेको टिप्पणी गरेकी छन् ।
जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साँध्ने, जनविरोधी भूमि सम्बन्धी कानुन ल्याउनेलगायतका गतिविधिले गर्दा संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउनतर्फ सरकार उद्धत रहेको बताइन् ।
पूर्वमन्त्रीसमेत रहेकी उपाध्यक्ष भुसालले संघीय कार्यान्वयका लागि निकै महत्वपूर्ण मानिएको निजामति ऐन कानुनमा कुलिंग पिरियडको बेलामा कानुनमाथि छेडखानी गर्ने, संघीयता कार्यान्वयनका अर्का एक महत्वपूर्ण शिक्षा विधेयक अड्काएर राख्नु नै संविधानको मूल मर्म विपरित कानुन ल्याउन सरकार अग्रसर रहेको टिप्पणी गरिन् ।
उनले नेकपा एकीकृत समाजवादी, विप्लव नेकपा, महेन्द्र राय यादवको जनता समाजवादी पार्टीलगायतका दलहरुसंग सकारात्मक रुपमा वार्ता अघि बढिरहेको बताइन् । उनले एकीकरणका लागि विचार र कार्यदिशा मिल्ने पार्टीहरुसँग एकताको हात अघि बढाइएको बताइन् ।
आइतबार धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वरमा शहीद चन्देश्वर मण्डलको २० औँ स्मृति सभामा सम्बोधन गर्नेछिन् भने सोमबार गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा हुन लागेको शहीद रामवृक्ष यादवको ३१ औँ स्मृति सभामा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।