सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या पुगेन, बैठक स्थगित

२०८२ श्रावण ३० शुक्रवार
सारांश
  • कूल २६ जना सदस्य रहेको लेखा समितिको आजको बैठकमा १२ जना मात्र उपस्थित रहेका थिए ।

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । 

 

कूल २६ जना सदस्य रहेको लेखा समितिको आजको बैठकमा १२ जना मात्र उपस्थित रहेका थिए । समितिको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ । आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार