‘भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढि कैदीहरु राख्नुपर्ने बाध्यता छ’
२०८२ श्रावण २८ बुधवार
- बुधबार बसेको कानुन न्याय तथा मानव अधिकारी समितिको बैठकमा बोल्दै उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको बताए ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन् ।
बुधबार बसेको कानुन न्याय तथा मानव अधिकारी समितिको बैठकमा बोल्दै उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको बताए ।
उनले भने,‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ । धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था छ । कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको छ । व्यवस्थापनको काम गरिरहेको छौं ।’
त्यस्तै उनले सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए ।
मन्त्री लेखकले दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परिक्षण गरिएको र १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको पनि जानकारी दिए ।
‘सात हजार जना कैदीबन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको छ । त्यसले समयको सदुपयोग हुन्छ । ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ । विभागबाट ५४ वटा कारागार अनुगमनगरी सुधारका लागि पृष्ठपोषण प्रदान गरिएको छ । दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परिक्षण गरिएको छ । १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको छ । ’
उनका अनुसार कैदी बन्दीहरुको स्वास्थ्य बीमा पनि सुरु गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।