- सभापति खतिवडाले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
काठमाडौँ : प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिएका छन् ।
सभापति खतिवडाले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे 'कुलिङ अफ पिरियड' को प्रावधानमा हेरेफेर गरिएको विषयमा कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा गठन भएको संसदीय छानबिन समितिले सभापति खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने छानबिन प्रतिवेदनमा उल्लेख गरेपछि उनी अप्ठ्यारोमा परेका थिए ।
निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले कुलिङ पिरियडको व्यवस्था पारित गरेपनि विधेयकको प्रतिवेदन लेख्दा समितिले सर्वसम्मत पारित गरेको प्रावधान विपरित हुने व्यवस्था भएपछि यो विषय सतहमा आएको थियो ।
कुलिङ पिरियडको व्यवस्था उल्ट्याउन मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सरकारका सचिवहरू प्रधानमन्त्री केपी ओलीदेखि शीर्ष राजनीतिक नेतृत्वलाई दबाब दिन अभियाननै चलाएर लागेका थिए ।
अर्कोतर्फ सभामुख देवराज घिमिरेले विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न छलफल गरिरहेको बेला सभापति खतिवडाको राजीनामा आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।