गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ: प्रधानमन्त्री ओली
२०८२ श्रावण २५ आइतवार
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको गाईजात्रा पर्व हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको बताएका छन् ।
आइतबार गाईजात्राको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको बताए ।
देशैभर मनाउन थालिएको थियो। मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको मानिन्छ।
सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ।
गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरुका परिवारमा छिट्टै शोक निवारण होस् । यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरुलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’