आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन् : मन्त्रि गुरुङ

२०८२ श्रावण २४ शनिवार
सारांश
  • शुक्रबार काठमाडौंमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको आवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरु आन्दोलनको सडकमा गएकोप्रति असन्तुष्टि जनाउँदै उनले संघर्षको मुख्य क्षेत्र संवैधानिक कानुनी र वौद्धिक अभ्यास रहेको बताए ।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र बुझ्न नसक्दा दुःख पाइरहेको बताएका छन् । 


शुक्रबार काठमाडौंमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको आवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरु आन्दोलनको सडकमा गएकोप्रति असन्तुष्टि जनाउँदै उनले संघर्षको मुख्य क्षेत्र संवैधानिक कानुनी  र वौद्धिक अभ्यास रहेको बताए । 


उनले भने,‘नेपालका आदिवासी जनजातिको आन्दोलनको क्षेत्र सडक होईन । बेला बेलामा हामी सडकमा पनि गइराखेको हुन्छौं । कुनै दिन सडकमा जानुपर्ने दिन आउन सक्ला, तर आज संघर्षको मुख्य क्षेत्र संवैधानिक छ । कानुनी क्षेत्र छ र वौद्धिक अभ्यासको क्षेत्र छ । हाम्रो आन्दोलनको क्षेत्र यो हो भन्ने कुरा नेपालको आदिवासी जनजातिले बुझ्नुपर्छ । त्यो नबुझ्दा हामीले दुःख पाइरहेको छौं ।’ 


त्यस्तै उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए ।  दाल भात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोगबीना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ । 


उनले भने,‘भाषा संरक्षणको लागि एआईको पनि प्रयोग गर्नुपर्छ । एआईले पनि त्यो भाषा भन्न सक्ने बनाउनुपर्छ । हामीले बुझ्नुपर्ने के छ भने एआई अब हाम्रो दाल भात जस्तै हो । दाल भात नखाई हाम्रो जीवन नबाँचेको जस्तो एआईको प्रयोग भएन भने हाम्रो जीवनको समृद्धि सम्भव छैन् । तर यसलाई नियन्त्रित ढंगले चाँही प्रयोग गर्नुपर्छ । एआई मानवको हितमा र नियन्त्रणमा चाँही हुनुपर्यो ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार