रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने: ‘जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ’

२०८२ श्रावण २२ बिहिवार
सारांश
  • बिहीबार भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।

काठमाडौं : नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।


बिहीबार भट्टराईले  भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।


भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्नेे धारणा राखे । 


उनले भने, ‘उहाँमाथि त अन्तिम फैसला भइसकेको छैन । उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन् भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपथ्र्यो भन्ने मेरो बुझाइ हो ।’


उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताउँदै रविलाई कारागारमा पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार