बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

२०८२ श्रावण २१ बुधवार
सारांश
  • आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरि उच्च नतिजा निकाल्न निर्देशन दिए ।

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

 

सडक विभागको गत आर्थिक वर्षको प्रगती समिक्षा कार्यक्रमलाई संवोधन गर्दै बुधबार मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौंला नि’ भन्ने नसोचि  बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् ।

 

आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरि उच्च नतिजा निकाल्न निर्देशन दिए ।

 

‘आर्थिक वर्षको अन्त्य तिर हतार हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागे पछि हतार गरेर राम्रो परिणाम निस्कदैन त्यसैले अहिले देखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरि काम गर्नुपर्छ ।’

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यस मध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाई थियो ।

 

थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्ने भन्दै मन्त्री दाहालले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन आग्रह समेत गरे ।

 

निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने धारणा राख्दै उनले भने, ‘छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।’ वर्षायाम शुरु भई सकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरि श्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उनको निर्देशन छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार