अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ: सांसद श्रेष्ठ
२०८२ श्रावण २० मङ्गलवार
- मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको बताए । उनले भिजिट भिसा प्रकरणमा जो कोहि दोषि भएतापनि कारबाही हुन पर्ने माग राखेका छन् । भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत रहेको उनले बताए ।
उनले भने,‘युवाहरु भविष्यका कर्णधार हुन् । उनिहरु रोजगारि र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरको लागि बाध्य छन् । तर त्यहि आशालाई ध्वस्त पार्ने र राष्ट्रको नाममा धब्बा लगाउने काम भै रहेको छ । भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार । यो व्यक्तिगत भुल होइन,प्रशासनिक क्रुटि होइन साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत हो र यो काण्डको जरा कहाँ सम्म फैलिएको छ भन्ने कुरा प्रत्येक नेपालीको मनमा रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भिजिट भिसा काण्डमा अझैसम्म सत्य पूर्ण रुपमा बाहिर आउन सकेको छैन । अहिले बनेको समिती हाम्रो र आम नागरिकको नजरमा मात्र टालटुले समिती हो । भिजिट भिसा प्रकरणमा दोषि जो भएतापनि कडा भन्दा कडा कारबाही होस् । पटक –पटक सरकार सँग आग्रह गर्यौ छानवीन गर दोषीलाई कारबाही गर सरकार मौन छ , पन्छिन खोज्दैछ र दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन देखिन्छ ’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।