माओवादी केन्द्रको स्थायी कमिटी सोमबार सकिने, आजको बैठकमा के के भयो ?

२०८२ साउन १८ गते आइतवार
सारांश
  • शुक्रबारदेखि जारी रहेको स्थायी कमिटी बैठकमा अब उपाध्यक्ष र महासचिवले बोल्न बाँकी रहेको र बैठक सोमबार सकिने उपमहासचिव बर्षामान पुनले जानकारी दिए । आजको बैठकमा उपमहासचिव जनार्दन शर्माले स्पष्ट कुरा राखेको बताउदै सबैले आ-आफ्नो जिम्मेवारी लिनुपर्ने बताएको पुनले बताए ।

काठमाडौं : नेकपा माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकिएको छन् ।

 

शुक्रबारदेखि जारी रहेको स्थायी कमिटी बैठकमा अब उपाध्यक्ष र महासचिवले बोल्न बाँकी रहेको र बैठक सोमबार सकिने उपमहासचिव बर्षामान पुनले जानकारी दिए । आजको बैठकमा उपमहासचिव जनार्दन शर्माले स्पष्ट कुरा राखेको बताउदै सबैले आ-आफ्नो जिम्मेवारी लिनुपर्ने बताएको पुनले बताए ।

 

आजको बैठकमा १९ जनाले आफ्नो धारणा राखेको उपाध्यक्ष एवम प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । आजको बैठकमा बोल्ने धेरै जसो सदस्यले प्रचण्डको नेतृत्व आवश्यक रहेको धारणा राखेको सापकोटाले बताए ।   

 

आजको बैठकमा बोलेका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाएका थिए । उनले प्रचण्डका कारण संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको तथा वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकताका कारण पार्टीलाई ठुलो नोक्सान भएको बताएका थिए ।

 

यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकेर बाहिरिने क्रममा प्रचण्डले छोटो प्रतिक्रिया दिदै पार्टीमा जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्नुपर्ने बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले भने- 'अहिले छलफल चलिरहेको छ । जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्ने कुरा हो ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार