विकासका लागि अवरोध भएका ऐन, कानुन वा  नियमावलीहरु संशोधन गरिने

२०८२ साउन १८ गते आइतवार
सारांश
  • आइतबार एक कार्यक्रमाबिच बोल्दै उनले काठमाडौं उपत्यका वातावरण हिसाबले प्रदूषणबाट  प्रभावित  भएको भन्दै प्रदूषणले गर्दा मानव स्वास्थ्यदेखि विभिन्न किसिमका समस्या  भोग्नु परेको बताए ।

काठमाडौं : बन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले प्रदूषण  न्युनिकरण गर्न सबैसँग मिलेर काम गर्न सरकार तयार गरेको बताएका छन् ।

 

आइतबार एक कार्यक्रमाबिच बोल्दै उनले काठमाडौं उपत्यका वातावरण हिसाबले प्रदूषणबाट  प्रभावित  भएको भन्दै प्रदूषणले गर्दा मानव स्वास्थ्यदेखि विभिन्न किसिमका समस्या  भोग्नु परेको बताए ।

 

वर्तमान सरकार विकासलाई जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताउँदै मन्त्री शाहीले केही समस्याहरु भौतिक मन्त्रालयको सहकार्यमा सहजीकरण गर्दै आएको बताए ।

 

विकासका काममा भएका अवरोधहरु हटाइ काम थप सुदृढ बनाउन ऐन, कानुन वा  नियमावलीहरुको संशोधन प्रक्रिया धेरै अघि बढाइएको बताए  ।

 

‘काठमाडौं उपत्यका वातावरण हिसाबले अत्यन्तै प्रदूषणबाट प्रभावित छ । विशेषगरी मानव स्वस्थ्यदेखि विभिन्न  समस्या भोग्नु परेको छ । यसको न्यूनीकरण गर्न वन तथा वातावरण मन्त्रालय र नेपाल सरकार मिलेर काम गरिरहेको छौँ । भौतिक मन्त्रालयको सहकार्यमा केही समस्याहरु सहज बनाउँदै लगिएको छ । ऐन, कानुन र नियमावलीमा संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार