- शनिबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्य, ५ जना पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए ।
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को शुक्रबारदेखि सुरू भएको स्थायी कमिटीको आज पनि बस्दै छ । बैठक आज ११ बजेदेखि शुरु हुदैछ ।
शनिबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्य, ५ जना पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए ।
शुक्रबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेका थिए । बैठकमा प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोस्रो सातापछि लमजुङबाट पुन: सुरु गर्ने प्रस्ताव गरेका थिए ।
बैठकमा प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीबारे जानकारी गराएको पोखरेलले बताए । साथै प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठक दशैं र तिहारको बीचमा बस्ने प्रस्ताव समेत गरेका छन् ।
बैठकमा प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई सार्वजनिक मञ्चमा पार्टी नेतृत्वको विरुद्ध बोलेको भन्दै सचेत गराएका थिए । पार्टीमा अन्तरसंघर्ष बढिरहेकै बेला बैठकमा प्रचण्डले आफ्नो विचार आन्तरिक बैठकमा राखेर समाधान गर्नुपर्ने भन्दै सचेत गराएका थिए ।
प्रचण्डले बैठकमा भनेका थिए- 'जनार्दनजीले बाहिर बोल्नु राम्रो हुँदैन, पार्टीको विधि र पद्धतिभित्र रहनुपर्छ । पार्टीभित्र नेतृत्वको विरोध गर्न पाइन्छ । महाधिवेशन गरौं, केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राखौं । अन्य कमरेडले पनि आफ्नो कुरा पार्टीभित्रै राखौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’