युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुन्छ : डा. संग्रौला
२०८२ श्रावण १५ बिहिवार f
- काठमाडौं प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई सम्बोधन गर्दै संग्रौलाले लोकतन्त्रलाई गाली नभैइ, जिम्मेवारी चाहिएको बताइन् ।
काठमाडौं : नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख एवं पूर्व सांसद डा. डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुने बताएकी छन् ।
काठमाडौं प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई सम्बोधन गर्दै संग्रौलाले लोकतन्त्रलाई गाली नभैइ, जिम्मेवारी चाहिएको बताइन् ।
उनले भनिन् ‘तपाईँहरू परिवर्तनका वाहक हुनुहुन्छ । निराश होइन, आशावादी बनौं। गुनासो मात्रै होइन, समाधान पनि खोज्ने बानी गरौं । समाजप्रति उत्तरदायी, सचेत र संलग्न नागरिक बन्नुहोस् । लोकतन्त्रलाई गाली होइन, जिम्मेवारी चाहिन्छ । तपाईंको सोच, आवाज र निर्णयले देश बदल्न सक्छ ।’
नेपाली कांग्रेस सधैं युवाको साथमा रहेको बताउँदै मोडल संसद्का अभ्यासहरूबाट उर्जा, प्रतिबद्धता र सिर्जनात्मक विचारहरू आउने विश्वास पनि व्यक्त गरिन् ।
उनले भनिन् ‘गएको दश वर्षको हाम्रो अभ्यासको आधारमा संविधान संशोधनको अवश्यकता देखिएको छ । त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले लिनुपर्छ र लिन पनि लागेको छ । अब लोकतन्त्रको रक्षा, संघीयताको सकारात्मक अभ्यास र न्यायपूर्ण समाज निर्माणमा हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’
आजका विद्यार्थी भोलिका सांसद, मन्त्री, वैज्ञानिक, चिकित्सक र उद्यमी हुने बताउँदै गुणस्तरीय, सुलभ र व्यावसायिक शिक्षा सबैको प्राथमिकता हुनुपर्ने कुरामा जोड पनि दिइन् ।
‘कांग्रेसले सार्वजनिक शिक्षालाई बलियो बनाउने, निजी शिक्षाको नियमन गर्ने र प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने नीति लिएको छ । युवामा स्वरोजगार र स्टार्टअप प्रवद्र्धन गर्न राज्यले विशेष सहयोग गर्नुपर्छ ।’ डिलाले भनिन् ।
संसद् नीति निर्माण गर्ने, कार्यपालिका माथि निगरानी गर्ने र जनताको आवाजलाई प्रतिनिधित्व गर्ने मञ्च भएकाले संसद्को मर्यादा कायम राख्न दलहरूनै जिम्मेवार हुनुपर्नेमा जोड पनि दिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।