शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी काम चाँडै सकिन्छ: मन्त्री चौरसिया

२०८२ श्रावण १३ मङ्गलवार
सारांश
  • मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सर्वसहमतीले पास भइसकेको भन्दै अब शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम गर्ने र शान्ति सम्झौताको समयमा भएका सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताए ।

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम तिव्र गतिमा सम्पन्न गरिने बताएका छन् ।

 

मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सर्वसहमतीले पास भइसकेको भन्दै अब शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम गर्ने र शान्ति सम्झौताको समयमा भएका सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताए ।

 

उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसहमतिले पास भइसकेको छ । शान्ति सम्झौताको समयमा भएका सहमती, समझदारी एंव सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको छ । जनआन्दोलन र जनयुद्ध, मधेश आन्दोलन लगायतको विविध राजनीतिक आन्दोलनमा घाइते एंव अपाङ्को सूचि अडिट गर्न देखिएको समस्याको खोजी समाधान गर्न उच्च स्तरीय समिति गठन गरिने छ । आर्थिक वर्ष २०८१।८२ को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी बजेट वक्तव्यमा शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम सम्पन्न गर्ने भनेर लेखिएको छ ।’

 

यस्तै, उनले आर्थिक वर्ष २०८१।८२ को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी बजेट वक्तव्यमा द्वन्द्व पीडितहरु परिवारलाई क्षतिपूर्ती, आर्थिक सहायता, पुनस्थापनाका लागि शान्ति कोषको स्थापना गरि एक अर्ब विनियोजन गरिएको पनि बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार