सरकारको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला
२०८२ श्रावण ११ आईतवार
- आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेको बताए ।
उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन नसक्ने दाबी समेत गरे ।
उनले भने,‘कसैको बहुमत छैन । पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्र्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन् । अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन् । तर सरकार निरन्तर जान्छ । यो सरकारको विकल्पको सरकार बन्ने अवस्था छैन् ।’
उनले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने समेत जानकारी गराए ।
त्यस्तै उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’