श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी

२०८२ श्रावण ११ आईतवार
सारांश
  • आइतबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले श्रमको सम्मानले मुलुक अगाडि बढ्ने बताएका हुन् ।

काठमाडौं : श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् ।

 

आइतबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले श्रमको सम्मानले मुलुक अगाडि बढ्ने बताएका हुन् ।

 

उनले भने, ‘बद्रीविक्रम थापा स्मृति सेवा गुठिले केही नयाँ गरिरहेका छ । श्रम पुरस्कारका बारेमा हामीले कुरा गरेका छौ । श्रम र श्रमिकको जबसम्म सम्मान हुँदैन । त्यो मुलुक अगाडि बढ्न सक्दैन ।’

 

उनले आफू बच्चा हुँदादेखी चिया खाने गरेको पसललाई सम्मान गर्न पाएकोमा खुसि लागेको भन्दै श्रमलाई सम्मान गर्ने कामलाई निरन्तरण गर्न आग्रह समेत गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार