राष्ट्रपति पौडेलद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुख व्यक्त

२०८२ श्रावण १० शनिवार
सारांश
  • राष्ट्रपति पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्याएको महत्त्वपूर्ण योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन् ।

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुख व्यक्त गर्दै स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

 

राष्ट्रपति पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्याएको महत्त्वपूर्ण योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन् ।

 

राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

 

गुरुङको आज बिहान चितवनस्थित आफ्नै निवासमा निधन भएको हो 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार