संघीय निजामती सेवा ऐनमा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ : प्रचण्ड
२०८२ श्रावण १० शनिवार
- शनिबार राजधानीमा आयोजित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन (कुलिङ अफ पिरियड) लाई रोक्न एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा आयोजित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै उक्त दलको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जिम्मेवारी लिनुपर्ने बताए । प्रचण्डले प्रधानमन्त्री ओलीकै संलग्नतामा ऐनलाई निष्क्रिय तुल्याउने प्रयास भएको दाबी गर्दै छानबिनको दायरामा उनी पनि पर्नुपर्ने धारणा राखे ।
‘संकाको सुई पहिला पनि प्रधानमन्त्री तिरै थियो, तर ठोस रुपमा भन्ने आधार थिएन,’ उनले भने, ‘अहिले एमाले सांसदहरूले गरेको गतिविधिहरू र संशोधनबाट नै यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’
संघीय निजामती ऐनको विवाद पछिल्लो समय राजनीतिक दलहरूबीच तिव्र बिबादको विषय बनेको छ ।
यसैगरी ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयकमा भएका परिवर्तन र शिक्षक आन्दोलनसँग सम्बन्धित सहमति माओवादी नेतृत्वकै पहलमा सम्भव भएको दाबी गरे । उनले शिक्षकहरुको समस्याको समाधानमा आफ्नो दलको पहल निर्णायक नभए पनि केही हदसम्म राहत पु¥याएको बताए ।
‘हामीले आफ्नै ठाउँबाट गरेका प्रयासहरूले केही हदसम्म राहत दिएको हो । तर पूर्ण रुपमा समाधान भएको छैन,’ उनले भने, ‘विद्यालय शिक्षा विधेयकलाई सदनमा पु¥याउन मैले धेरै मेहनत गरेको छु । हाम्रो नेतृत्वको सरकार नभएको भए शिक्षक आन्दोलनसँग सम्बन्धित पाँच बुँदे सहमति सम्भव हुने थिएन ।’
उनले शिक्षा विधेयकको ड्राफ्ट तयार गर्न र सदनमा पु¥याउनका लागि भएको प्रयासमा माओवादी नेतृत्व निर्णायक रहेको पनि उल्लेख गरे । ‘मन्त्रिपरिषद्बाट पास गरेर पठाएको विधेयकमा बिच बाटोमै छेडखानी भयो । त्यो विधेयक शिक्षकहरुको मागअनुसार पनि नभएको थाहा पाएपछि सुधार गरेर पुनः सदनमा पु¥याइयो,’ उनले भने ।
सदनमा विधेयकमाथि भएको बहस र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उनले असन्तुष्टि जनाए । ‘प्रधानमन्त्रीले शिक्षक आन्दोलनलाई अपमानित गर्ने गरी नग्न रूपमा हमला गर्नुभयो, तर त्यसको प्रतिवाद सडकदेखि सदनसम्म माओवादीले नै ग¥यो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।