भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल

२०८२ श्रावण १० शनिवार
सारांश
  • शनिबार पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित निर्वासन लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा  उनले यो सन्धि हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताए ।

 

काठमाडौं : एकीकृत समाजवादीका सम्मनित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको बताएका छन् ।

 

शनिबार पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित निर्वासन लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा  उनले यो सन्धि हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताए ।

 

‘अहिले मैले सुनिरहेको छु, नेपाल र भारतबीच सुपदर्गी सन्धि हुँदैछ । त्यो सन्धि हुँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेवाला छ ’ उनले भने ।

 

त्यस्तै उनले पुष्पलााललाई सम्झँदै पुष्पलाल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति रहेको बताए । उनले कम्युनिष्ट पार्टी एउटा मात्र हुने भएकाले अहिले कम्युनिष्ट पार्टी धेरै भएको बताए ।

 

उनले नीति र सिद्धान्त दाँयाबायाँ सञ्चालित भएको कारण धेरै पार्टी प्रकट भएको बताए ।

 

‘पुष्पलााल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति उहाँ हुनुहुन्थ्यो । पुष्पलालले नेपालमा नेपालको श्रमजिवी वर्गको एउटा पार्टी नेपाल कम्युनिष्ट पार्टी हुन्छ भनेर पार्टी गठन गर्नुभएको हो । कम्युनिष्ट पार्टी एउटा मात्र हुन्छ, पुष्पलालले बनाएको पनि एउटा पार्टी हो । अहिले २४, २५ वटा छन्  के कारणले छन् भनेर खोजी गर्न जरुरी रहेको छ । हाम्रो देशमा पनि यति धेरै उत्पन्न हुनुका कारण नीति र सिद्धान्त दाँयाबायाँ सञ्चालित भएको कारण नै यती धेरै पार्टी प्रकट भएका छन्,’  उनले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार