भ्रष्टाचार र मानव तस्करीको विषयमा सरकारको उदासीनता : सांसद कठायत

२०८२ श्रावण ९ शुक्रवार
सारांश
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कठायतले विगत लामो समयदेखि संसद र सडक दुवैमा यो विषय उठिरहँदा पनि सरकारले कुनै प्रभावकारी कदम नचालेको उल्लेख गरेकी हुन् ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहको भ्रष्टाचार र मानव तस्करीको विषयमा गम्भीर आपत्ति जनाउँदै सरकारको उदासीनता प्रति कडा आलोचना गरेकी छन् ।

 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कठायतले विगत लामो समयदेखि संसद र सडक दुवैमा यो विषय उठिरहँदा पनि सरकारले कुनै प्रभावकारी कदम नचालेको उल्लेख गरेकी हुन् ।

 

उनले भनिन्, ‘यस देशमा न्याय, कानुन, जवाफदेहीता र मानविय सम्बेधना मरेरै गएको हो त?  भिजिट भिसाको आवरणमा भैइरहेको भ्रष्टाचार र मानव तस्करीको विषय यति लामो समयसम्म संसद र सडक दुवैमा उठ्दा पनि सरकार उदासिन छ ।’

 

उनले सरकारले यो विषयलाई टालटुल समिति बनाएर पन्छ्याउने प्रयास गरिरहेको बताउँदै रास्वपा यसमा पूर्णतः अस्वीकार्य रहेको बताइन् ।  उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले यो कुटिल कदमलाई पूर्ण अस्वृकार गर्दै उच्च स्तरिय न्यायिक आयोग वा संसदीय समिति नै बनाउन माग गरेको छ । हामीले सरकारको यो कुटिल कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति नै माग गरेको छ ।’

 

सांसद कठायतले यो विषय अब केवल राष्ट्रिय चिन्ताको विषय नभई अन्तर्राष्ट्रिय सरोकारको विषय पनि बनिसकेको बताइन् । ‘राष्ट्रसङ्घ मात्र होइन, मित्र राष्ट्रहरू समेत चासो देखाइरहेका छन्। छिमेकी भारतका मिडियामा समेत यो विषयले स्थान पाइसकेको छ,’ उनले भनिन् ।

 

रास्वपाले यो मुद्दालाई संसदभित्र र बाहिर निरन्तर उठाउने प्रतिबद्धता जनाउँदै दोषीहरूलाई कारवाही गर्न सरकारलाई दबाब दिइरहने जनाएको  छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार