एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आह्वान
२०८२ श्रावण ९ शुक्रवार
- शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन् ।
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन् ।
उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सम्पूर्ण एमाले पंक्तिमा अग्रह गर्दछु । मेरो संकल्प अन्तरआत्माको आवाज हो । आफ्नो निर्णयबाट म विचलीत हुने छैन् । म सम्पूर्ण पार्टी पंक्तीलाई निर्धक्क भएर पार्टी निर्माणमा सक्रिय हुन हार्दिक आह्वान समेत गर्छु ।’
उनले अहिले आफू पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको बताउँदै पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी नमिल्ने धारणा राखिन् ।
उनले भनिन्,‘अहिले पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी पनि मिल्दैन । यपार्टी बनाउन म लगायत हजारौं नेता कार्यकर्ताले रगत, पसिना मेहेनत परेको छ । यो कुरा म कुनै भावनामा डुबेर भनेको छैन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।