सामाजिक सुरक्षा कोषलाई भोटका रुपमा मात्र हेर्नु दुर्भाग्यपूर्ण हुनसक्छ’
२०८२ श्रावण ०८ बिहीवार
- विहीबार काठमाडौंमा आयोजित बीपी कोइरालाको ४३ औं स्कृति दिवसको अवसरमा आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणको अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिदैँगर्दा खाली भोट बटुल्नको लागि मात्रै जनतालाई अनुदान दिने होइन राष्ट्रको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैँन् त्यसमा पनि ध्यान दिनुपर्ने बताए ।
काठमाडौं : उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको सामाजिक सुरक्षाको विषयलाई राष्ट्रको अर्थतन्त्रले कतिको धान्न सक्छ त्यसलाई ध्यान दिनुपर्ने बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित बीपी कोइरालाको ४३ औं स्कृति दिवसको अवसरमा आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणको अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिदैँगर्दा खाली भोट बटुल्नको लागि मात्रै जनतालाई अनुदान दिने होइन राष्ट्रको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैँन् त्यसमा पनि ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘सरकारले सामाजिक सुरक्षाको विषयलाई यति प्राथमिकता दिएको बेला दिगो रुपमा जान सक्छ कि सक्दैँन् त्यो पनि हेर्नुपर्छ । खाली भोट बटुल्नको लागि मात्रै जनतालाई अनुदान दिने कुरालाई राष्ट्रको अर्थतन्त्रले कतिको धान्न सक्छ कि सक्दैँन् भन्ने प्रश्न पनि उठि सकेको हुनाले यसमा पनि छलफल गरेर अगामी दिनमा नेपालको अर्थतन्त्र कसरी सुरक्षित गर्न सक्छौ भन्नेतिर लाग्नुपर्छ भन्ने मलाई लागेको छ ।’
यस्तै, उनले राजनीतिक स्थिरता भएन भने विकास निर्माणका काम गर्नको लागि पनि समस्या हुने भन्दै अहिलेको संविधान र निर्वाचन प्रणालीबाट बहुमतको सरकार नबन्ने भएको हुनाले पनि स्थिरता हनु नसकेको बताए ।
उनले बीपी कोइरालाको विचारधारा काङ्ग्रेसले छाड्यो भन्ने आवाजहरु उठिरहेको भन्दै जतिसुकै प्रतिकूल समयमा पनि काङ्ग्रेस सिद्धान्तबाट पछि नहटेको बताए ।
उनले भने, ‘बीपी कोइरालाको विचारधारा काङ्ग्रेसले छाड्यो कि भन्ने कुराहरु सुनिरहेका हुन्छौ । यस्तो आवाजहरु पनि उठिरहेका हुन्छन् । तर जुन विचारधारा र पद्धतीको लागि कोइरालाले यो पार्टी स्थापना गरेको हो, त्यो सिद्धान्तबाट जतिसुकै प्रतिकूल समयमा पनि नेपाली काङ्ग्रेस पछि हटेको छैन् । कुनै सम्झौता नगरि उहाँको सिद्धान्तलाई जीवन्त राखेका छौ ।’
उनले नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्शमा सम्झौता नहुने गरि आफ्नो गतिविधिहरु अगाडि बढाएको खण्डमा समाजमा काङ्ग्रेस प्रति आकर्षण बढ्न सक्ने भन्दै त्यसका लागि धेरै ठूला ठूला कुरा गर्नुभन्दा पनि सामान्य कुराहरुमा जानु पर्ने बताए ।
ठूला आइटी कम्पनीहरु नेपालमा भित्र्याउन जरुरी छ ः डा.महत
सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले आउने १५ वर्षमा नेपाललाई मेजर आइटी हब बनाउनुपर्ने भन्दै यसको लागि ठूला नाम चलेका कम्पनीहरुलाई नेपालमा सेन्टर खोल्नको लागि प्रोत्साहित गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रविधि उपलब्ध छ, भनेपछि आइटीलाई प्राथमिकतामा राखेका छौ र राख्नु पनि पर्छ । आउने १५ वर्षमा नेपाललाई मेजर आइटी हब बनाउन, त्यसमा ठूला नाम चलेका कम्पनीहरुलाई नेपालमा सेन्टर खोल्नको लागि प्रोत्साहित गर्नुपर्छ । यसबाट युवाहरु आकर्षित हुन सक्छ । यसमा ध्यान दिनुपर्छ । नेपालमा क्षमता भएको जनशक्ति छ । आइटी क्षेत्रबाट धेरै ठूलो निर्यात र उत्पादन बढाउन सकिन्छ ।’
बीपीको सिद्धान्त भनेको समृद्धि बाड्ने समाजवाद भएको भन्दै यसको लागि उत्पादन बढाउनु पर्ने उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।