सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ : गगन थापा
२०८२ श्रावण ०८ बिहीवार
- बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग÷दुरुपयोग’ विषयक गोष्ठी तथा विद्वान व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल अब जीवनको अभिन्न हिस्सा बनिसकेको उल्लेख गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग÷दुरुपयोग’ विषयक गोष्ठी तथा विद्वान व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल अब जीवनको अभिन्न हिस्सा बनिसकेको उल्लेख गरेका हुन् ।
महामन्त्री थापाले भने, ‘आजको दिनमा कोही पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैन । यो अब जीवनको एउटा अभिन्न हिस्सा (पार्ट अफ लाइफ) बनिसकेको छ ।’
उनले सामाजिक सञ्जालको सचेत प्रयोगका लागि युवाहरूमाझ चेतनामूलक कार्यक्रम गर्न अत्यन्त आवश्यक रहेको बताए । थापाका अनुसार नेपालको सबैभन्दा ठूलो शक्ति जनसंख्या हो, तर त्यो स्थायी शक्ति होइन । उनले भने, ‘जनसंख्याको तागत अस्थायी हुन्छ । त्यसको तुरुन्तै लाभ लिन सक्नुपर्छ ।’
विशेषगरी २४ वर्षभन्दा मुनिका किशोर–किशोरी र युवावर्गमा सामाजिक सञ्जालको सकारात्मक प्रयोग कसरी गर्ने भन्ने कुरामै देशको भविष्य निर्भर हुने उनले प्रस्ट पारे ।
थापाले युवापुस्तालाई डिजिटल जिम्मेवारी बोध गराउने आवश्यकता औंल्याउँदै भने, ‘हामीले यो पुस्तालाई डिजिटल रेस्पोन्सिबल र डिजिटल सिटीजन कसरी बनाउने भन्नेमा ध्यान दिनु आवश्यक छ ।’
उनले शिक्षा प्रणालीसहित विभिन्न नीतिगत सुधारमा फिनल्यान्ड जस्ता देशहरूबाट सिक्न सकिने धारणा पनि राखे ।
कार्यक्रममा सामाजिक सञ्जालको प्रभाव, यसको सुरक्षित प्रयोग, र डिजिटल साक्षरताका विषयमा विभिन्न विज्ञहरूले पनि आफ्ना धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।