विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज भएको छैन : लिलानाथ श्रेष्ठ

२०८२ श्रावण ०८ बिहीवार
सारांश
  • भण्डारीको पार्टी सदस्यताको बारेमा उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठको भनाई छ । तर, अहिले पार्टीले गरेको निर्णय शिरोधार्य गर्नु आफूहरुको धर्म भएको उनको भनाइ छ ।

काठमाडौं : नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नगरेको दाबी गरेका छन् ।

 

भण्डारीको पार्टी सदस्यताको बारेमा उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठको भनाई छ । तर, अहिले पार्टीले गरेको निर्णय शिरोधार्य गर्नु आफूहरुको धर्म भएको उनको भनाइ छ ।

 

बिहीबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको जिकिर गरे ।

 

उनले भने,‘यो विषयमा पार्टी प्रवक्ताले जे वक्तव्य जारी गर्नुभएको छ, हाम्रो धारणा त्यही हो । हाम्रो पार्टीमा निरंकुशता छैन । प्रतिष्पर्धा गरेर अघि बढ्ने हो । अहिले हामीले कसैलाई कारबाही गरेको छैन । हामी कारबाही गर्ने पक्षमा छैनौं । विद्यादेवी भण्डारीको हाम्रो पार्टीमा ठूलो योगदान छ । उहाँको सदस्यता खारेज गरेको छैन । उपयुक्त समयमा सदस्यताको बारेमा छानबिन गरेर उपयुक्त निर्णय हुन्छ । विद्या भण्डारी हाम्रो जिम्मेवार अभिभावक हो । उहाँको पनि यो पार्टी बनाउन ठूलो योगदान छ । उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न । हामी त पार्टीको कुरा शिरोधार्य गर्छौं ।’

 

उनले नेपालमा अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको राष्ट्रवादी व्यक्ति अर्को नभएको बताए । एमालेको नेतृत्वमा ओलीको निरन्तरता आवश्यकत्ता भएको उनको भनाई छ । उनले अध्यक्ष ओलीको कुनै देवत्वकरण नगरिएको जिकिर गरे

एमालेको मधेश प्रदेशका ईन्चार्ज तथा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री श्रेष्ठले मधेश प्रदेश यतिवेला खडेरीको मारमा परेको बताए ।

 

उनले भने,‘मधेशमा खडेरी परेको छ । मैले त आज सदनमा पनि खानेपानी र खडेरीको लागि विशेष वैकल्पिक व्यवस्था गर्नुपर्छ भनेको छु । साउन १५ गतेपछि धान रोपाईं हुँदैन । मधेशमा अहिले ४९ प्रतिशतमात्रै रोपाईं भएको छ । ५१ प्रतिशत बाँकी छ । मधेश अन्नको भण्डार हो । जलवायु परिवर्तनको कारण हिमाल कालो भएका छन् । सबैतिर तापक्रम बढेको छ । हिमालमा अझै तापक्रम बढेको छ ।’

 

उनले मधेश सुख्खासग्रस्त क्षेत्र बन्नुको मुख्य कारण जलवायु संकट नै भएको र वन–जंगलको विनाश कारण रहेको सुनाए । उनले भने,‘तत्काल सरकारले चुरे किनारामा ठूलो ठूलो पोखरी, ताल निर्माण गर्नुपर्छ । वृक्षारेपण हुनुपर्छ । तराईमा खडेरी परेको छ । सुख्खा क्षेत्र घोषणा र पिउने पानीको लागि मैले संसद्मा विशेष सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छु । आजै विशेष समयले लिएर सदनमा बोलेको छु । तीनवटै सरकारले जनताको सरोकारको यी विषयमा गम्भीर कदम चाल्नुपर्छ । ठोस नीति बनाएर तत्काल राहत दिनुपर्छ ।’

 

जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहन भएको छ । यसको ठूला प्रभाव छ । जलवायु संकटको व्यापक असर नेपालमा परेको छ । पानी नपरेपछि अहिले मधेशमा असर परेको छ । म्धेश कृषिप्रधान, कृषिमा आधारित क्षेत्र हो, यसमा नै असरपर्न गयो । चुरे दोहन हुनु महान कारण हो भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार