भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउनद बाध्य छौं :सांसद कंसाकार

२०८२ श्रावण ७ बुधवार
सारांश
  • बुधबार प्रतिनिधि सभाको बैठकमा उनले टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेको भन्दै यस्तो अवस्थामा पनि यसलाई हटाउने आँट नदेखिएको मात्र होईन, ठोस पहल नै नगरिएको बताईन् ।

काठमाडौं :  राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र आपत्ति रहेको बताएकी छन् ।

 

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेको भन्दै यस्तो अवस्थामा पनि यसलाई हटाउने आँट नदेखिएको मात्र होईन, ठोस पहल नै नगरिएको बताईन् ।

 

उनले रास्वपाको माग यथावत रहेको र आन्दोलन जारी रहेको पनि बताईन् । 

 

उनले भनिन्, ‘टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेका छन् । ७८ लाखको काण्ड सेलायो, ३२ लाख वाला मन्त्री अझै यतै छन् छानबिन र कारबाही हुनुपर्छ कि पर्दैन् । भ्रष्टाचार, राजनीतिक संरचना र प्रशासनको मिलिमतोमा वर्षौदेखि आजका मितिसम्म निर्वाद चलि रहेको मानव तस्कर र भ्रष्टाचारको यो डर लाग्दो जालोलाई हटाउने आँट नदेखिएको मात्र होईन, ठोस पहल नै नगरिएकोमा हाम्रो विरोध र आपत्ति छ । हाम्रो माग यथावत छ, आन्दोलन जारी छ ।’

 

यस्तै, उनले मधेशमा पानीको अभावले गर्दा रोपाई हुन नसकेको र कलहरु सुकेकर पिउने पानीका लागि मानिस घर छोड्न बाध्य भएको विषयमा पनि सबैको ध्यानाकर्षण गराएकी छन् ।

 

उनले भनिन्, ‘मधेशमा आज कलहरु सुकेका छन्, रोपाई हुन सकेको छैन् । पिउने पानीका लागि मानिस घर छोड्न बाध्य छन्  । तर मन्त्रीहरु विदेश भ्रमणमा नै व्यस्त छन् । बारा, पर्सा, महोतरी पुग्नु पर्ने हतारो सरकारलाई छैन् । संसदमा हामी ४८ दिन देखि उभिएका छौ । भिजिट भिसाको नाममा हुने संगठित मानव तस्कर बारे सरकारलाई खबरदार गरिरहेका छौ । तस्करको सेटिङ् नभत्किएको तथ्य आज कै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरुको सरकारसँग डराएका छैनौ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार