सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री

२०८२ श्रावण ७ बुधवार
सारांश
  • नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उनको विचारलाई अनुशरण गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले कहिल्यै नगरेको बताएका छन् । 


नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उनको विचारलाई अनुशरण गर्नुपर्ने बताएका हुन्  ।


उनले भने, ‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । जात र धर्मबाट  उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन । सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन्’


विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार