कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना : अध्यक्ष नेपाल
२०८२ श्रावण ७ बुधवार
- बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउँनेगरी काम गर्न नसकेको आरोप लगाए ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना रहेको बताएका छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउँनेगरी काम गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री तर देशको अवस्था राम्रो छैन् । जनतामा निराशा छ । परिणाम आउने काम भइरहेको छैन कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मृत्युवरण गरेको छ । त्यो समाजले हटाउन सकेको छैन । त्यहाँ कम्युनिष्ट पार्टीहरू पनि छन् तर उनीहरु अभियान चलाउँदैनन् । हामीले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न सामाजिक जागरण मात्र होइन् त्यस्ता प्रवृत्ति बोक्नेहरुको विरुद्धमा भण्डाफोर गर्ने अभियान चलाएको छैनौं ।’
त्यस्तै, उनले अहिले देशको सबैभन्दा ठूलो रोग व्यक्तिवाद रहेको पनि धारणा राखे ।
‘अहिले भएको सबैभन्दा ठूलो रोग व्यक्तिवादको रोग हो । आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामुहिकताको भावनाको अभाव छ । सामुहिक छलफल गरेर निष्कर्षमा पुग्ने भावनाको अभाव हो ।’ उनले भने,
त्यस्तै, सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्य हुन लाग्दा उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइ रहेको टिप्प्णी गरे । जुन एउटा षड्यन्त्रको सिकार भएको उनको धारणा छ ।
‘कम्युनिष्ट आन्दोलन करिब करिब अन्त्य भएको जस्तो देख्छु तर कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु । त्यो पनि एउटा ठूलै षड्यन्त्रको सिकार हो ।’ उनले भने,
उनले नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्ने धारणा पनि राखे ।
अध्यक्ष यादवले नेपालमा यति धेरै कम्युनिष्ट नेताहरु हुँदा हुँदै कहिले राप्रपा त कहिले कांग्रेसकोपछि लाग्नु पनि एउटा षड्यन्त्र भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।