अधिकारका कुरा गर्दा जिम्मेवारीलाई भुल्न हुँदैन: मन्त्री सिंह
२०८२ श्रावण ६ मङ्गलवार
- मंगलबार काठमाडौंमा आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अधिकारका कुराहरु उठाउँदै गर्दा निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु भुल्न नमिल्ने धारणा राखे ।
काठमाडौं : सहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकारका कुराहरु गरिरहँदा आफ्नो जिम्मेवारीलाई भूल्न नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अधिकारका कुराहरु उठाउँदै गर्दा निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु भुल्न नमिल्ने धारणा राखे ।
उनले भने,‘हामीले अधिकारको कुरा गर्दै गर्दा के चाँही बुझ्नुपर्छ भने अधिकारसँगै जिम्मेवारीको पनि कुरा आउँछ । अधिकारका कुराहरु पनि उठाउनुपर्छ । तर त्यो सँगै निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु हुन्छन् ,तीनका बारेमा पनि सोच्नपर्छ ।’
त्यस्तै युनियन उठाएका विषय र मुद्दाहरु अत्यन्तै प्रष्ट एवम महत्वपूर्ण रहेको बताउँदै त्यसमा सरकार गम्भीर रहेको बताए ।
मन्त्री सिंहले मंगलबार नै बीपी कोइरालाको स्मरण गर्दै सिद्धान्त, आदर्शवादबाट विचलित नभइ दुःखकष्ट सहेर जनतालाई प्रजातान्त्रिक अधिकार दिलाउन बीपीले धेरै संघर्ष गरेको स्मरण गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’