- उनले पार्टीभित्र भएको अनुशासनको कारबाही पनि अहिले अन्तिम नभएकोले यसमा चित्त नबुझे पूनरावलोकनमा जान सकिने सुझाए ।
काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे ।
उनले भने,‘हाम्रो दलको विद्यानले प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ भनेको छ । पार्टीमा त जो पनि दलको नेतामा आउन सक्छ । दलको नेता बन्न अहिले उहाँ (शेखर) को सम्भावना देख्दिनँ । संख्या छ भने प्रयोग गर्नुपर्छ ।’
शनिबार पार्टीभित्रको विवाद र बहस स्वभाविक भएको भन्दै यही विवादको कारण पार्टी विभाजन नहुने दाबी गरे । उनले भने,‘यो पार्टी विभाजन भन्ने कुरा बाहिरी हल्ला हो । हामीले विभाजन देखिसक्यौं । जहाँसम्म विचारको कुरा छ, छलफल हुन्छ । सरकार परिवर्तन हुँदैन । गठबन्धन परिवर्तन हुँदैन ।’ उनले नेपालमा कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाईएको भन्दै यो संसारमै भएको विरलै प्रयोग भएको बताए ।
उनले पार्टीभित्र भएको अनुशासनको कारबाही पनि अहिले अन्तिम नभएकोले यसमा चित्त नबुझे पूनरावलोकनमा जान सकिने सुझाए ।
उनले मुलुकले लामो लोकतान्त्रिक यात्रा तय गरिसकेको भएपनि अहिलेसम्म विकासको मोडालिटी बनाउन नसक्नु दुःखद् भएको चित्रण गरे । अहिलेको सरकार बनाउँदा आफूहरुले संविधान संशोधन गर्ने भनेको उल्लेख गर्दै अब पहलो प्राथमिकतामा समृद्धिलाई राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।