रक्षामन्त्री राईको एक वर्ष : अपेक्षा अनुसार काम गर्न बाँकी

२०८२ असार ३२ बुधवार
सारांश
  • बुधबार एक वर्षको अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक समारोहमा उनले एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेयाराहरु र विपत्तिहरु व्यहोर्नु परेको भन्दै उक्त चुनौतीहरुको बीचमा पनि फास्ट ट्रयाकलगायतका कामहरु अगाडि बढाएको बताए ।

काठमाडौं : रक्षामन्त्री मानवीर राईले एक वर्षभित्रमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरुको काम अगाडि बढेको बताएका छन् ।


बुधबार एक वर्षको अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक समारोहमा उनले एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेयाराहरु र विपत्तिहरु व्यहोर्नु परेको भन्दै उक्त चुनौतीहरुको बीचमा पनि फास्ट ट्रयाकलगायतका कामहरु अगाडि बढाएको बताए । 


उनले भने, ‘एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेराहरु र विपतिहरु हामीले व्यहोर्नुपर्यो । हामीले यो एक वर्षमा राहात र उद्धारको काम मात्र होईन, हाम्रो जिम्मेवारीमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरु छन् । फास्ट ट्रयाकका कामहरु धेरै द्रुत गतिमा अगाडि बढ्न थालेको छ । काठमाडौं भित्र, बाहिरको सबै जमिनको काम हामीले अन्तिम अवस्थामा पु¥याएका छौ । अब फास्ट ट्रयाक तराई मधेश द्रुत गतिमा ५, ६ महिनाभित्र उल्लेख्य विकास हुने कुरामा म विश्वस्त छु ।’


यस्तै, उनले नेपाली सेनाले जिम्मेवारीमा हुम्ला जिल्लाको खार्पूनाथ मन्दिर छेउमा बेलिब्रिज बनेको भन्दै त्यसले गर्दा ७७ वटै जिल्लामा सवारी साधनको पहुँच पुगेको बताए । 


आजको मितिसम्म आइपुग्दा अपेक्षा अनुसार काम गर्न बाँकी भएपनि विवादको बीचमा काम गरेको उनको भनाई छ । 


उनले विकास निर्माण, अपरझट् ब्रिज निर्माण, बाटोहरु खन्ने जस्ता कामहरु पनि नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार