कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथि कानुन आयोगसँग छलफल
२०८२ असार ३२ गते बुधबार
- बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल गरेको हो ।
काठमाडौं : कानुन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा छलफल भएको छ ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल गरेको हो ।
छलफलमा नेपाल कानुन आयोगका सहसचिव जलेश्वर रामले विधेयकको दफा ८ को खण्ड ६ मा गरिएको प्रस्ताव विचारनीय रहेको बताए ।
प्रस्तावमा कानुनी शिक्षालाई स्तरीय र व्यवसायीक बनाउन शैक्षिक संस्थाहरुसँग परामर्श गरेर उपयुक्त मापदण्ड निर्धारण गरिने भनिएको जानकारी गराउँदै उनले मापदण्ड कसको लागि निर्धारण गर्ने हो भन्ने विषयमा गम्भीर रुपमा हेर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘दफा ८ को खण्ड ६ मा जुन प्रस्ताव गरिएको छ । त्यो अलि विचारनीय नै छ । त्यसमा भनिएको छ, कानुनी शिक्षालाई स्तरीय र व्यवसायीक बनाउन शैक्षिक संस्थाहरुसँग परामर्श गरेर उपयुक्त मापदण्ड निर्धारण गरिने भनिएको छ । मापदण्ड कसको लागि निर्धारण गर्ने हो, यसमा गम्भीर रुपमा हेर्नुपर्ने छ ।’
त्यस्तै, प्रस्तावकर्ता सांसद मनिष झाले प्रविधिको विकाससँगै कानुनी व्यवस्था परिपूर्ण नभएको बताए । कानुनी व्यवस्थामा पुरानै अवधारणा भएकोले पुर्नपरिभाषित गर्न आफूले प्रस्ताव राखेको उनी बताउँछन् ।
उनले भने, ‘प्रविधिको विकाससँगै पुरानो कानुनी व्यवस्था परिपूर्ण छैन् । यो पुरानै अवधारणा भएकोले पुर्नपरिभाषित गर्न मैले प्रस्ताव गरेको हो । अमेरिका क्यानडा आदीमा विज्ञापनलाई व्यवसायीक नैतिकताका आधारमा अनुमति दिइएको छ । अभिव्यक्तिको स्वतन्त्रता र नियमन पछि सन्तुलन पनि आवश्यक हुन्छ त्यसैले यो प्रस्ताव राखेको हुँ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।