विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषिमन्त्री अधिकारी
२०८२ असार ३२ बुधवार
- संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन भियतनामको राजधानी हनोईमा रहेका मन्त्री अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भएका हुन् ।
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुने बताएका छन् ।
संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन भियतनामको राजधानी हनोईमा रहेका मन्त्री अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भएका हुन् ।
दुई दिन सम्म चलेको एशिया र अफ्रिकाका कृषि सँग सम्वन्धीत मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एशिया र अफ्रिकी देशहरु वीच अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए ।
मन्त्री अधिकारीले भने “जलवायु परिवर्तनको असर र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ”। उनले उच्च मूल्ययुक्त ठूलो अलैंची जस्ता उत्पादनहरूमा नेपालले ध्यान दिइरहेको र यसको प्रशोधन, मूल्य अभिवृद्धि, तथा कृषि उद्यमशीलतामा थप लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।
यसै वीच मन्त्री अधिकारीले भियतनामका उप–कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटघाट गरी दुई देशबीच कृषि व्यापार विस्तार, प्राविधिक सहकार्य, र संयुक्त अनुसन्धानका विषयमा छलफल गरे । उनिहरु वीच जडीबुटी तथा मसला जस्ता विशेष कृषि उत्पादनहरूमा नेपाल र भियतनाम वीचको व्यापार प्रवद्र्धन ,पोस्ट–हार्वेस्ट प्रविधि, कृषि डिजिटलाइजेसन, तथा जलवायु–स्मार्ट कृषिमा प्राविधिक सहकार्य,युवा उद्यमशीलता र कृषि व्यवसाय तालिम आदान–प्रदान लगायतका विषयमा कुराकानी भएको मन्त्री अधिकारीले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।