पूर्वमन्त्री बालाराम घर्तीबाट इमान्दारिता र शालिनता सिक्नुपर्छ: अध्यक्ष लिङ्देन
२०८२ असार ३१ मंगलवार
- मगरप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री बालाराम घर्ती मगरको निधनप्रति श्रद्धाञ्जली सभा गरिएको छ ।
मंगलबार चावहिल स्थिति राप्रपा पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी श्रद्धाञ्जली दिएको हो ।
श्रद्धाञ्जली सभापछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले नेपाली राजनीतिलाई मगरको अभाव सँधै महशुस हुने बताए । नेता मगर आफ्नो निष्ठामा कहिल्यैपनि विचलित नभएको स्मरण गर्दै उनले उनीबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने धारणा राखे ।
उनले भने,‘नेपाली राजनीतिलाई उहाँको अभाव सँधै महशुस हुने नै छ । उहाँबाट निरन्तरता, इमान्दारिता र शालिनता सिक्नुपर्ने कुरा हो । उहाँ आफ्नो निष्ठामा कहिल्यैपनि विचलीत हुनुभएन । ११ पटक मन्त्री भएपनि कहिल्यै उहाँ विवादित हुनुभएन् । यो उहाँबाट सिक्नुपर्छ ।’
मगरप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ ।
८७ वर्षीय मगरको गत शुक्रबार ललितपुरको ग्वार्खोमा रहेको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पशुपति आर्यघाटमा आजै उनको अन्त्यष्टि गरिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।