- उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए ।
काठमाडौं: नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादी एकता हुने भएको छ ।
आइतबार प्रतिनिभि सभा परिषदमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेको बताएका हुन् ।
उनले भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो । समयमा खवर हुन्छ भनेर पठाउनुभयो । पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौ । साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौ ।’
उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए ।
‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भन्डारीसँग पनि मैले त्यो क्षमता पाइँन । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।