सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली
२०८२ असार ३० सोमवार
- सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् ।
उनले अघिल्लो कार्यकालमा समयसीमा तोकेर काम गर्ने परिपाटी नरहेको जनाउँदै हाल त्यसको सुरुवात भएको दाबी गरे ।
‘हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनले नागरिक सेवा प्रवाहमा सुधार ल्याउन आवश्यक कानुन संशोधन गरिएको जनाउँदै सेवा लिन लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भई अनलाइन प्रणालीतर्फ उन्मुख भइसकेको बताए ।
‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ओलीले लेखे, ‘गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
प्रधानमन्त्री ओलीले आफ्नो सन्देशको अन्त्यमा सबै नागरिकप्रति नमन व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’