‘भानुबाट प्रेरणा लिएर नेपाली भाषालाई विश्व साहित्यको हिस्सा बनाउन जरुरी’

२०८२ असार २९ आईतवार
सारांश
  • उनको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्ने धारणा राखे ।

काठमाडौं: सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन् । 


आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले भानुभक्तको स्मृतिमा श्रद्धाञ्जली मात्र अर्पण नगरी उनको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्ने धारणा राखे । 


उनले भने,‘संस्कृतमा रहेको सिमित धार्मिक ज्ञानलाई उहाँले आम जनताको भाषामा रुपान्तरण गरेर नेपाली साहित्यमा जनचेतनाको बिजारोपण गर्नुभएको थियो । नेपाली भाषा, संस्कृति, साहित्यलाई एक साझा सुत्रमा बाध्ने महान कार्य भानुभक्तबाट प्रारम्भ भएको थियो । उहाँको स्मृतिमा श्रदाञ्जली मात्र अर्पण गर्नुहुँदैन्, योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्छ ।’


उनले भानुजयन्ती केवल जन्मजयन्ती नभई, नेपाली भाषाको गौरव गाउँने एउटा महान दिन भएको बताए । सभामुख घिमिरेले भानुजयन्ती भाषासँगको सम्बन्धको, संस्कृति र पहिचानको महान चाड भएको भन्दै यसको महत्वलाई अझ गहिरो रुपमा बुझ्नुपर्ने बताए । 


उनले भने, भानुजयन्ती केवल जन्मजयन्ती होइन्, नेपाली भाषाको गौरव गाउँने एउटा महान दिन हो । भानुजयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ किनकी त्यो चाड भाषासँगको सम्बन्धको,संस्कृति र पहिचानको महान चाड हो । त्यसैले यसलाई आजको दिनमा यसको महत्वलाई अझ गहिरो रुपमा लिनुपर्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार