- अधिवेशनको क्रममा क्षेत्रीय नेतृत्व चयन, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिहरूको पनि व्यापक छलफल गरिने जनाइएको छ ।
मकवानपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ (ख) को दोस्रो क्षेत्रीय अधिवेशन भव्य रूपमा सुरु भएको छ ।
हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा आयोजित कार्यक्रम मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद तथा राप्रपाका केन्द्रीय नेता दिपक बहादुर सिंहको प्रमुख आतिथ्यमा सुरु गरिएको हो ।
अधिवेशनको उद्घाटन सत्रमा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ता, स्थानीय प्रतिनिधिहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । कार्यक्रममा मुलुकमा राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र र सशक्त स्थानीय संगठन निर्माणका विषयमा विशेष जोड दिइएको छ ।
अधिवेशनको क्रममा क्षेत्रीय नेतृत्व चयन, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिहरूको पनि व्यापक छलफल गरिने जनाइएको छ ।
राप्रपाले यस अधिवेशनलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण अवसरको रूपमा लिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’