नेपालमा केहि भएन भनेर गलत भाष्य बनाइयो: प्रकाशमान सिंह

२०८२ असार २८ शनिवार
सारांश
  • उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए ।

काठमाडौं: सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन् ।


शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए ।


उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ । यसको सदुपयोग गर्नुपर्छ ।  हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होईन र हुदैँ नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने । नेपालमा प्रशस्त सम्भावनाहरु छन् ।’


यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुदैँन् भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए । 


उनले भने, ‘अहिले नेपालमा केही हुदैँन्, भन्ने भ्रम फैलाउने दुस्प्रयास भईरहेको छ । तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुदैँन् भन्ने गलत भाष्य निर्माण भईरहेको छ । यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ ।’ उनले सबै विद्यार्थीहरुलाई मेहेनतका साथ अगाढि बढ्न पनि आग्रह गरेका छन् ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार