विशेष अदालतले प्राप्त ग¥यो आइएसओ प्रमाणपत्र, न्यायीक ईतिहासकै पहिलो सफलता
२०८२ असार २५ बुधवार
- त्यस्तै उनले आइएसओ प्रमाणिकरण भएपछि हरेक वर्ष अडिटको सामना गर्नुपर्ने भएको कारण जोखिमपूर्ण रहेको बताए ।
काठमाडौं: विशेष अदालतले गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह आइएसओ को प्रमाणपत्र प्राप्त गरेको छ ।
बुधबार विशेष अदालतमा आयोजित एक कार्यक्रमकाबीच विशेष अदालत प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरी प्राप्त भएको गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह एनएस÷आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र सार्वजनिक गरिएको हो ।
प्रमाणपत्र सार्वजनिकरण कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले अन्तर्राष्ट्रिय चिन्ह एनएस,आइएसओ प्रमाणपत्र प्राप्त गर्नु नेपालको न्यायीक ईतिहासकै सफलता रहेको बताए।
आइएसओ प्रमाणपत्र प्राप्तले अदालतलाई थप जिम्मेवार र सजक बनाउने बताउँदै उनले अब अदालतलाई यस अवस्थाबाट खस्किने छुट नहुने धारणा राखे । उनले भने,‘अन्तर्राष्ट्रिय चिन्ह एनएस,आइएसओ ९००१ः२०१५ र यो प्रमाणपत्र प्राप्त गर्नु नेपालको न्यायीक ईतिहासमा न्यायालयको तर्फबाट यो एउटा सफलता प्राप्त गरेको ठानेका छौं । यो प्रमाणपत्र प्राप्त गर्दै गर्दा यसले हामीलाई झन् सजक बनाउछ । किनकी यो ठाउँमा आइसेकपछि अब आउने दिनमा हामीलाई यहाँबाट खस्किने छुट नहोला ।’
त्यस्तै उनले आइएसओ प्रमाणिकरण भएपछि हरेक वर्ष अडिटको सामना गर्नुपर्ने भएको कारण जोखिमपूर्ण रहेको बताए ।
‘यो अलिकति जोखिमपूर्ण पनि छ । हरेक वर्ष अडिट हुन्छ र त्यो अडिटले जुन मापदण्ड निर्धारण गर्छ त्यही अनुसार हाम्रो गुणस्तर रहन्छ । अहिलेलाई हामीले तीन वर्षको प्रमाणपत्र लिएका छौं ।’उनले भने
अध्यक्ष कुँवरको अनुसार कानूनमा मुद्दाको कारवाही र किनारा गर्ने अवधि तोकिए पनि तोकिएको अवधिभित्र मुद्दा फैसला हुन सकेका थिएनन् । (विशेष अदालत ऐन, २०५९ को दफा १६ बमोजिम ६ महिनाभित्र मुद्दाको कारवाही र किनारा गर्ने कानुनी व्यवस्था छ। उक्त व्यवस्थाको पूर्ण परिपालना गर्दै मुद्दा दर्ता भएको ६ महिनाभित्र फैसला गर्न अदालत सफल भएको उनले जानकारी गराए ।
विशेष अदालतको इतिहासमै पहिलो पटक गत आर्थिक वर्षमा ८८ प्रतिशत अर्थात ५ सय ७५ थान मुद्दामध्ये ५सय ६ थान मुद्दा छिनेर रेकर्ड कायम गर्न सफल भएको र जसमध्य १सय ९९ थान मुद्दा २ वर्ष नाघि ६ वर्षसम्मका रहेको उनको दाबी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।