देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन् : कुलमान घिसिङ

२०८२ असार २४ मंगलवार
सारांश
  • विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कार्यकारी निर्देशक घिसिङले  आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए ।

दोहा (कत्तार) : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् ।

 

विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कार्यकारी निर्देशक घिसिङले  आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए ।

 

कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न नसकेको उल्लेख गरे ।

 

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताए ।

 

उनले भने, ‘उज्यालो अभियान वत्तिको मात्र हैन, सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो, यसको कार्यान्वयनका लागि नेतृत्व परिवर्तन आवश्यक छ ।’

 

कार्यक्रममा कत्तारमा रहेका नेपाली समुदायकातर्फबाट लोडसेडिङ अन्त्य गरी मुलुकको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै घिसिङलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा विभिन्न समुदायको संस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । यसअघि बहराइनमा रहेका नेपाली समुदायकातर्फबाट पनि उनलार्ई सम्मान गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार