- शनिबार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोहमा बोल्दै उनले रिमालका गीत संगीतले एमाले र माओवादी पार्टी निर्माणमा समेत सहयोग पुर्याएको भन्दै यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्रभावबारे नेपाली साहित्य÷संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बताएका छन् ।
शनिबार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोहमा बोल्दै उनले रिमालका गीत संगीतले एमाले र माओवादी पार्टी निर्माणमा समेत सहयोग पुर्याएको भन्दै यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रगतिशील गीत संगीतलाई मानिसको दैनिक जीवनसँग, गीतलाई केवल भावना र मायाप्रेमसँग मात्र होइन परिवर्तनसँग जोडेर काम गर्न आवश्यक छ । परिवर्तनको लागि मानिसलाई तयार गर्न गीत संगीतले कति प्रभाव पार्छ भन्ने अध्ययन नेपाली साहित्य र संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्छ । एमाले निर्माणमा मात्र होइन माओवादी आन्दोलनको निर्माणमा पनि माओवादी आन्दोलनको प्रभाव विस्तारमा धेरै हदसम्म गीत संगीतको भूमिका छ ।’
उनले दक्षिण एसियाको वामपन्थी आन्दोलनको महत्वपूर्ण पक्ष गीत संगीत रहेको बताए ।
साथै, उक्त कार्यक्रममा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले मुलुकमा साहित्यिक क्षेत्र मर्यो भने धेरै कुरा मर्ने भन्दै आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउने खालका सिर्जना हुनुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’